
स्याङ्जा, २९ जेठ ,, कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् । । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ । गाउँपालिका...बाँकी अंश →

त्रिपोली, २९ जेठ ,, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ । दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका...बाँकी अंश →

कम्पाला, २९ जेठ ,, युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताउनुभएको छ । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताउनुभयो । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो...बाँकी अंश →

अल्जियर्स, २९ जेठ ,, अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक...बाँकी अंश →

मेक्सिको, २९ जेठ ,, मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी...बाँकी अंश →

गोरखा, २९ जेठ ,, जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ,...बाँकी अंश →

सुर्खेत २८ जेष्ठ ,, कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् । कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।...बाँकी अंश →

दमौली, २८ जेठ ,, सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको आज बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नाला निर्माणको शुभारम्भ गर्नुभयो । अध्यक्ष थापाले...बाँकी अंश →

काठमाडौँ, २८ जेठ ,, सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी (प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा...बाँकी अंश →

काठमाडौँ, २८ जेठ ,, सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको सन्दर्भमा थप लगानीका लागि सरकारले आग्रह गरेको हो । कूल १४० मेगावाट क्षमताको तनहुँ सेतीमा जाइकाको लगानी रहेको छ ।...बाँकी अंश →

किभ, २८ जेठ ,, युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । यस आगलागीमा...बाँकी अंश →

चितवन, २८ जेठ ,, जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा नौ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: