०७ चैत २०८२

मुख्य खबर

भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

कायरो, ३० जेठ   ,,   इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताउनुभयो । इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च (एएसीएफ) को...बाँकी अंश →


विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

खलङगा, ३० जेठ   ,,   नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम...बाँकी अंश →


मालीको शान्ति प्रक्रिया नयाँ चरणमा

संयुक्त राष्ट्रसंघ, ३० जेठ   ,,  मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि...बाँकी अंश →


धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बेनी, ३० जेठ  ,,  म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म...बाँकी अंश →


सन्दर्भः विश्व बालश्रम विरुद्धको दिवस, उस्तै छ बालश्रम

काठमाडौँ, २९ जेठ  ,,  नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो । तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन् । बाग्लुङका नहकुल जस्तै धादिङका ११ वर्षीय कमल खपाङ्गीले मैतीदेवी क्याफेमा सहयोगीको रुपमा काम गरेको छ...बाँकी अंश →


बन्दीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

तनहुँ, २९ जेठ  ,,  तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गर्नुभयो । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर शुरुआत गर्नेमा पहिलो बनेको छ...बाँकी अंश →


हवाई आक्रमणमा पाँच सैनिक मारिए

कुन्दुज, २९ जेठ   ,,  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् । जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिनुभयो । इमााम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी...बाँकी अंश →


खानेपानीका लागि साढे नौ करोड

दमौली, २९ जेठ   ,,  तनहँु निर्वाचन क्षेत्र नं १ मा खानेपानी आयोजना निर्माणका लागि सङ्घीय सरकारले रु साढे नौ करोड बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने गरी विभिन्न आयोजनाका लागि रु नौ करोड पचास लाख बजेट विनियोजन गरेको हो ।...बाँकी अंश →


लागुऔषध कारोवारीमाथि गोली प्रहार

पोखरा, २९ जेठ  ,,  पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


निर्माण अवधि लम्बिँदा माथिल्लो तामाकोशीको लागत ७३ अर्ब पुग्ने

काठमाडौँ, २९ जेठ   ,,  ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई रु ७३ अर्ब ६८ करोड पुग्ने भएको छ ।...बाँकी अंश →


बेल जुस उद्योग संकटमा

लम्की, २९ जेठ  ,,  बेल रसले बजार नपाएपछि कैलालीको भजनी नगरपालिका–१ स्थित बेल जुस उद्योग संकटमा परेको छ । वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले विसं २०७१ मा सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेको बेलको रस बिक्री हुन छोडेको छ । दुई वर्षअघिसम्म काठमाडौँका ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल...बाँकी अंश →


पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

जाजरकोट, २९ जेठ   ,,  बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter