०६ चैत २०८२

मुख्य खबर

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

हेटौँडा, ५ असार   ,,  मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । परिवारसहित...बाँकी अंश →


छ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ असार   ,,  महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो...बाँकी अंश →


गर्मीले बिरामी बढे

दमौली, ४ असार   ,,  बढ्दो गर्मीसँगै तनहुँको दमौलीमा बिरामीको सङ्ख्या वृद्धि भएको छ । मौसम परिवर्तनसँगै ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा बिरामी चाप बढेको छ । यसअघि दैनिक ४०–५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेकोमा अहिले २०० सम्म बिरामी आउने गरेको अस्पतालका...बाँकी अंश →


भक्तपुर अस्पतालका सबै सेवा ठप्प

भक्तपुर, ४ असार   ,,  वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सधँै भीड लाग्ने अस्पताल आन्दोलनका कारण...बाँकी अंश →


गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ४ असार  ,,  सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले...बाँकी अंश →


बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

हुम्ला, ४ असार  ,,  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो...बाँकी अंश →


छाउगोठको लगत सङ्कलन गरिँदै

लम्की, ४ असार  ,,  कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला म्हिनावारी हुँदा छाउगोठमै बस्न गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो । नगरपालिकाका वडा नं २, ६, ७, ८, ९ मा अझै छाउगोठ देख्न सकिन्छ । नगरपालिका...बाँकी अंश →


तोकिएको समय सकिएको डेढ महीनामा फोक्सिङटार पुलको दुई पिल्लर मात्र ठडियो

खोटाङ, ४ असार   ,,  सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं २०६९ चैत २३ गते ठेक्का लागेर २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरी काम थालिएकामा २०७५...बाँकी अंश →


प्रदेशका योजना समयमै सक्न निर्देशन

काभ्रेपलाञ्चोक, ४ असार  ,,  अर्थ समितिले प्रदेश नं ३ सरकारमार्फत जिल्लामा सञ्चालित विकासका योजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट जिल्ला–जिल्लामा सञ्चालित योजना अनुगमनका क्रममा प्रदेश अर्थ तथा विकास समिति, योजना अनुगमन उपसमितिको टोलीले उक्त निर्देशन दिएको हो । टोली संयोजक भक्तपुरका प्रदेशसभा सदस्य...बाँकी अंश →


पानीका मुहान सुक्दै

बैतडी, ४ असार   ,,  पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो । पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या...बाँकी अंश →


इनरुवामा पनि डेंगुका बिरामी भेटिए

इनरुवा, ४ असार   ,,  सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले...बाँकी अंश →


अस्पतालमा बिरामी शिशु वृद्धि

चितवन, ३ असार   ,,   गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter