०६ चैत २०८२

मुख्य खबर

नाबालिकाको उद्धार

बुटवल, ११ असार   ,,   अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई...बाँकी अंश →


सडक पुगेपछि खस्कियो खच्चर व्यवसाय

बलेवा, ११ असार   ,,  पाँच वर्ष पहिलेसम्म खच्चरको पछि दगुर्दै आउनुभएका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराका रुद्रनाथ शर्मा अहिले खच्चर छोडेर गाई पाल्न थाल्नुभएको छ । खच्चरकै व्यवसाय गर्दै आउनुभएका अर्का कुश्मिशेराकै चित्रप्रसाद चापाईंले पनि ट्र्याक्टर किनेको केही वर्ष भयो । जिल्लाकै ढोरपाटन नगरपालिका–९ का मङ्गले कामी पनि गत वर्षसम्म खच्चर...बाँकी अंश →


काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली

नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य...बाँकी अंश →


बलात्कार आरोपितलाई छ वर्ष कैद

बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले हिजो छ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला...बाँकी अंश →


साऊदी विशेष सेनाले यमनमा आई एस आई एस को चीफलाई पक्राऊ गरे

रियाद: साउदी र यमनी विशेष सेनाहरूले यमनको आई एस आई एस को चीफलाई पक्राऊ गरेको हो, साउदी न्यूज़ एजेंसीले मंगलबार भन्नुभयो। अबूओसामा अल-मुहाजिर आई एस को चीफ सहित वित्तीय अधिकारी पनी थिए, अबू ओसामा सहित आतंकी संगठनको अन्य सदस्यहरूपक्राऊ परेका छन. गिरफ्तारी धेरै दिन अघि देखि निगरानीमा रहेको एक घरमा...बाँकी अंश →


सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

काठमाडौँ, १० असार  ,,  सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ । आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने...बाँकी अंश →


हेटौँडाको बजेट रु एक अर्ब ८१ करोड

हेटौँडा, १० असार   ,,  मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट...बाँकी अंश →


तालिबानद्वारा कब्जा जिल्ला अफगान सुरक्षाकर्मीद्धारा फिर्ता

अफगानिस्तान, १० असार  ,,  अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ । उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए । उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका समाचारमा जनाइएको छ । उक्त जिल्ला...बाँकी अंश →


नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो

काठमाडौँ, १० असार  ,,  राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो । सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक...बाँकी अंश →


मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो

बैतडी, १० असार   ,,  गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँको भनाइ थियो...बाँकी अंश →


संसद्मा ‘गलबन्दी च्यातियो …’ गीतको चर्चा

प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत...बाँकी अंश →


बलात्कार आरोपमा पक्राउ

सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो । जङ्गलमा घाँस काट्न गएको बेला हिजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter