०६ चैत २०८२

मुख्य खबर

दुर्गममा जाँदैनन् कर्मचारी

सङ्खुवासभा, १२ असार ,,  सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने...बाँकी अंश →


देशभर मनसुन सक्रिय

काठमाडौँ, १२ असार  ,,  गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो समयमा वर्षा लगातर नभई...बाँकी अंश →


आगलागीबाट रु ५६ लाखको क्षति

पाँचथर, १२ असार   ,,  जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका...बाँकी अंश →


सल्लेरी वन नष्ट हुँदै

बैतडी, १२ असार  ,,  बैतडीका सल्लेरी वन मासिँदै गएका छन् । व्यापकरुपमा खोटो सङ्कलन भइरहेकाले सल्लेरी वन मासिने क्रम बढ्दै गएको हो । जिल्लामा रहेका ३५७ वटा सामुदायिक वनमध्ये अधिकांशमा सल्लाको वन रहेका छन् । सल्लेरी वनमा खोटो सङ्कलन भइरहेकाले ती वनमा आगलागीको सम्भावना पनि बढिरहेको सिगास गाउँपालिका–१ का केशवदत्त...बाँकी अंश →


मेलम्ची खानेपानी ः तीन दिनभित्र रकम दाबी गर्न आग्रह

मेलम्ची, १२ असार  ,,  मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन...बाँकी अंश →


उपभोक्ता ठगी गर्ने छ फर्मलाई कारवाही

वीरगञ्ज, १२ असार  ,,  वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगञ्जका छ व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ । कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगञ्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ । सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा...बाँकी अंश →


दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, १२ असार  ,,  दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महीनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट...बाँकी अंश →


लागुऔषध दुरुपयोग रोक्न सहकार्य आवश्यक

लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले लागुऔषधको दुरुपयोगले व्यक्ति मात्र नभई समाज र राष्ट्रलाई असर पार्ने भएकाले यसको रोकथाममा सबै लाग्नुपर्ने बताए...बाँकी अंश →


शेयर बजार : करीब तीन अङ्कले घट्यो

काठमाडौँ, ११ असार  ,,  सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले...बाँकी अंश →


तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

११ असार   ,,   अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ । गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी...बाँकी अंश →


लोक सेवा तयारी कक्षा प्रारम्भ

प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा...बाँकी अंश →


बालविवाह न्यूनीकरण चुनौती बन्दै

भजनी, ११ असार   ,,  अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी सङ्घसंस्थाहरुले गाउँ र टोल केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि ती सबै कार्यक्रम बालुवामा पानी हाले जस्तै भइरहेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाको अन्य वडाभन्दा वडा नं...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter