०६ चैत २०८२

मुख्य खबर

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट ः सिङ्गापुर विजयी

मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५...बाँकी अंश →


डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान

कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा...बाँकी अंश →


एकै रात पाँच घरमा लुटपाट र चोरी

सप्तरी, १७ असार  ,,  सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको...बाँकी अंश →


काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

काबुल काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु काबुल, १६ असार   ,,   आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका...बाँकी अंश →


विज्ञापन रद्दको माग

काठमाडौँ, १६ असार  ,,,  संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज यहाँ प्रदर्शन गरिएको छ । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्तिको विज्ञापन...बाँकी अंश →


अपाङ्गता भएकालाई बीस लाख सहयोग

दमौली, १६ असार   ,,  नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अपाङ्गता भएका व्यक्तिलाई रु बीस लाख सहयोग उपलब्ध गराएको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहज गराउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको जनाइएको छ । ‘नेपालका भूकम्प प्रभावित समुदायमा अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण...बाँकी अंश →


विषादी प्रयोगले माछा लोप हुँदै

दमौली, १६ असार  ,,  तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक÷दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा...बाँकी अंश →


‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने

काठमाडौँ, १६ असार   ,,  सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

सिञ्जा, १६ असार  ,,  जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति...बाँकी अंश →


बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

बैतडी, १५ असार  ,,  यहाँ ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो वर्ष रोपाइँ ढिला शुरु भएको हो । सिँचाइ सुविधा भएका...बाँकी अंश →


राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

आर्थिक वर्ष २०७४÷७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गर्नुभएको हो । उक्त बैठकमा नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम...बाँकी अंश →


तेत्तीस लाखको अक्षयकोष स्थापना

तनहुँ, १५ असार  ,,  तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उहाँकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । गरीब तथा विपन्न वर्गका बालबालिकालाई पठनपाठनतर्फ अभिप्रेरित गर्ने र भक्तजनलाई मन्दिरको उचित संरक्षण गर्ने उद्देश्यले समाजसेवी मल्ल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter