०६ चैत २०८२

मुख्य खबर

रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न आग्रह

चितवन, १९ असार   ,,  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ...बाँकी अंश →


स्थानीय तहमा करीब साढे चार लाखको आवेदन

काठमाडौँ, १८ असार   ,,  स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख...बाँकी अंश →


एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

भक्तपुर, १८ असार  ,,  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा...बाँकी अंश →


क्रिकेट–नेपालले चीनलाई हरायो

काठमाडौँ, १८ असार  ,,  एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...बाँकी अंश →


मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ, १८ असार   ,,  नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै...बाँकी अंश →


मिर्गाैला पीडितलाई निर्वाह भत्ता दिइने

फिक्कल, १८ असार  ,,  इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिनुभयो । “साउन शुरुदेखि...बाँकी अंश →


मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा

जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्दै गएको हो । जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएर अब रेल सञ्चालनको तयारीमा...बाँकी अंश →


मिडिया विधेयक संशोधन गर्न माग

सरकारले ल्याउन लागेको मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको आयोजना र ‘चाँदनी नेपाल’को सहयोगमा बुटवलमा आज आयोजित ‘मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक’ विषयमा गरिएको छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले मिडिया विधेयकका कतिपय प्रावधानले मिडियाको स्वतन्त्रतामा आँच पुग्ने भएकाले तत्काल सच्चाउन...बाँकी अंश →


दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझावः वानर आतङ्क रोक्न माग

काठमाडौँ, १७ असार   ,,  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत छ मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल भएको छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिला छन्...बाँकी अंश →


मृत्युदण्डविरुद्ध शान्तिपूर्ण विरोध

एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन् । उक्त संस्थासहित एड्भोकेसी फोरम, जवाफदेहिता निगरानी समूह, जुरी नेपाल, द्वन्द्वपीडित साझा चौतारीलगायत सङ्घसंस्थाले आज काठमाडौँको महाराजगञ्जस्थित श्रीलङ्काली दूतावास अगाडि पुगेर...बाँकी अंश →


कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान

कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान नोम्पेन्ह, १७ असारकम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजनाव हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुनुहुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter