
चितवन, ६ साउन ,, पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने...बाँकी अंश →

विराटनगर, ६ साउन ,, मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ...बाँकी अंश →

काठमाडौँ, ५ साउन. केयर खबर संवाददाता . हजयात्रामा साउदी गई रहेका हजयात्रीहरू सँग रियाल साटासाट गर्ने क्रममा प्रति रियालमा एक रुपैया १२पैसा ठगिएका छन । हिजो साउन ४ गते सम्म प्रभु बैंकले ३० रुपैया ६२ पैसाको विक्री दरले साटासाट गरेको थियो । जबकी साउन एक गते देखि प्रभु बैंक ले...बाँकी अंश →

बग्दाद, ,, उत्तरी इराकमा सात जना लडाकू मारिए बग्दाद, ५ साउन (रासस-सिन्ह्वा) – इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ । इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन्...बाँकी अंश →

हेटौँडा, ५ साउन ,, मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको,...बाँकी अंश →
वीरगञ्ज, ५ साउन ,, लहलहाउँदो धानको बेर्ना देख्दा जानकी टोलका किसान रामसेवकको खुशीको सीमा थिएन । यसपालिको धान राम्रो उब्जेला भनेर उहाँ मनमनै दङ्ग हुनुहुन्थ्यो तर त्यो खुशी धेरै दिनसम्म टिक्न सकेन कारण थियो– ओरिया खोलामा आएको बाढी । हालै आएको बाढीले रामसेवकको १० कट्ठामा लगाएको लहलहाउँदो बेर्ना बगायो ।...बाँकी अंश →

काठमाडौँ, ५ साउन ,, नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका...बाँकी अंश →
काठमाडौँ, ५ साउन ,, बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो...बाँकी अंश →

बर्दिवास, ५ साउन ,, महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ । प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइटको व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् । अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्रम बढेसँगै जिल्लाका बुद्धिजीवीले खानेपानी, झुल र टर्चलाइट...बाँकी अंश →

नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका...बाँकी अंश →

तनहुँ, ५ साउन ,, तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान...बाँकी अंश →

तनहुँ, ५ साउन ,, तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित खुदीखोलामा दुई ह््युमपाइप राखेर कल्र्भट निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन् । वर्षायामको समयमा खोलाले मानिस बगाउनुका साथै वारपार गर्नसमेत कठिनाइ भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा कल्र्भट निर्माणपछि खुशी भएका हुन् । बन्दीपुर गाउँपालिकाको रु १४ लाखको लागतमा सुखौरा र शेरा जोड्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: