०६ चैत २०८२

मुख्य खबर

वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने

दमौली, ९ साउन  ,,  वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सरकारको नीति, बजेट तथा कार्यक्रममा साइकललाई प्रोत्साहन गर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० थान साइकल खरीद गरेको हो...बाँकी अंश →


दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो

दाङ, ९ साउन   ,,  दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले...बाँकी अंश →


अझै आइपुगेन ‘मास प्रिन्टर’

काठमाडौँ, ९ साउन  ,,  ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा...बाँकी अंश →


वर्षा र पहिराले सडक सम्पर्क टुट्यो

बलेवा, ९ साउन   ,,   केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक...बाँकी अंश →


रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

चितवन, ९ साउन   ,,  धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग...बाँकी अंश →


विभिन्न मुद्दाका ७० फरार प्रतिवादीहरु पक्राउ

वालिङ, ९ साउन   ,,   विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो...बाँकी अंश →


मिर्गाैलापीडित श्रीसलाई आर्थिक सहयोग

कास्की, ९ साउन  ,,   दुवै मिर्गाैलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरेको रु दुई लाख १२ हजार पीडितलाई...बाँकी अंश →


‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार

भीमदत्तनगर, ९ साउन   , ,  सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार...बाँकी अंश →


बेलको जुसतर्फ आकर्षण बढ्दै

तनहुँ, ९ साउन   ,,   वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक,...बाँकी अंश →


मेगा बैंकले मर्जर नीतिलाई आत्मसात गर्ने

काठमाडौँ, ८ साउन   ,,  मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप सङ्कलन १९ अर्ब वृद्धि भई करिब ८२ अर्ब पुगेको छ । त्यस्तै गत वर्ष कर्जा प्रवाहमा रु १५ अर्ब ५० करोड वृद्धि भई करिब ७३ अर्ब पुगेको छ । सो अवधिमा ग्राहक संख्यामा झण्डै १ लाख ४६ हजार वृद्धि भई...बाँकी अंश →


बाढीपहिरो, डुबानको पूर्वतयारी गर्न सांसदको माग

काठमाडौँ, ८ साउन  ,,   पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको सांसदहरुको भनाइ थियो । सांसद...बाँकी अंश →


निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्छ ः डा महत

काठमाडौँ, ८ साउन  ,,  नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि यसले निम्त्याएको शैक्षिक अराजकता र नेवि सङ्घको भूमिका’ विषयक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter