०४ चैत २०८२

मुख्य खबर

संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ, २० साउन (रासस) ः राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गदै बादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका गराउन आग्रह गरेको हो । हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’...बाँकी अंश →


मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा

काठमाडौँ, २० साउन (रासस) ः सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा...बाँकी अंश →


न्यायालयको स्वच्छता निस्तेज नगरौं ः काँग्रेस

काठमाडौँ, १९ साउन (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ । प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको...बाँकी अंश →


उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति गठन

काठमाडौँ, १९ साउन (रासस) ः उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका...बाँकी अंश →


बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुन्छ ः मन्त्री थममाया

भक्तपुर, १९ साउन (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई...बाँकी अंश →


मुलुकी देवानी र अपराध संहिता ऐन उपयुक्त

काठमाडौँ, १९ साउन (रासस) ः मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐन सरल र सामाजिक न्यायका लागि उपयुक्त रहेको बताइएको छ । उक्त ऐन आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । ती ऐनका बारेमा लेखापढी कानून व्यवसायीलाई जानकारी दिने उद्देश्यले नेपाल बार एशोसिएशन र नेपाल लेखापढी कानून...बाँकी अंश →


विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

काठमाडौँ, १८ साउन (रासस) ः नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा आज साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गर्नुभयो । बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप...बाँकी अंश →


भूमिसम्बन्धी सबै समस्या समाधान गरिन्छ ः मन्त्री अर्याल

काठमाडौँ, १८ साउन (रासस) ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित आज आफ्नै कार्यकक्षमा पदभार ग्रहण गरेपछि उहाँले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानून बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ सहयोग...बाँकी अंश →


असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिने ः कानूनमन्त्री ढकाल

काठमाडौँ, १८ साउन (रासस) ः नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता...बाँकी अंश →


कार्यदल गठनको माग

काठमाडौँ, १८ साउन (रासस) ः अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफ्नो समस्या सम्बोधनका लागि कार्यदल गठन गर्न सरकारसंग माग गरेको छ । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको व्यवस्थापनका लागि सरकारले कार्यदल गठन गर्ने भनिए पनि अझै गठन नगरेकाले...बाँकी अंश →


बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

काठमाडौँ, १७ साउन (रासस) ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना...बाँकी अंश →


नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय शुक्रबार

काठमाडौँ, १७ साउन (रासस) ः दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter