
बाँके, २४ साउन , अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले...बाँकी अंश →

काठमाडौँ, २३ साउन महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको...बाँकी अंश →

काठमाडौँ, २३ साउन , पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिन थालेको छ । एक महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न थालेको एक हप्ता नपुग्दै पुनः फोहर थुप्रिने समस्या देखापरेको हो । सडकको चोकचोकमा फोहर थुप्रिएकाले सर्वसाधारण र यातायाताका साधनलाई आवतजावतमा समस्या भएको छ । यता नियमित रुपमा फोहर...बाँकी अंश →

पोखरा, २३ साउन , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको समावेशी विकासका लागि समावेशी लोकतन्त्रको विषय अगाडि आएको बताउनुभएको छ । सञ्चारिका समूहद्वारा आयोजित ‘स्थानीय सरकारमा महिला ः सञ्चार माध्यमसँगको सहकार्य’ विषयक दुई दिवसीय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संवैधानिक हक अधिकारको उपयोगका लागि क्षमता अभिवृद्धि पनि सँगसँगै...बाँकी अंश →

काठमाडौँ, २३ साउन बालिकामाथि हुने यौन हिंसा तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारवाही हुनुपर्ने महिला नेत्री, मानव अधिकारकर्मी तथा कानून व्यवसायीले जोड दिएका छन् । यहाँ आज आयोजित छलफलका वक्ताले बालिकामाथिको बलात्कार तथा हत्याको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै आगामी भदौ १ गतेदेखि परिमार्जनसहित लागु हुने नयाँ मुलुकी...बाँकी अंश →

काठमाडौँ, २३ साउन ,राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गर्नुभयो । सरकारले हलियालाई रु तीन लाख र घर मर्मतका लागि रु एक...बाँकी अंश →

भीमदत्तनगर, २३ साउन (रासस) कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक...बाँकी अंश →
काठमाडौँ, २२ साउन ,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत...बाँकी अंश →

पर्सा, २२ साउन ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज उहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →

भक्तपुर, २२ साउन उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भन्नुभयो, “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय...बाँकी अंश →

साउन २२, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलवाड गर्ने जोसुकैलाई पनि तत्काल रेड कार्ड दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएका छन् । विभागको तेस्रो चौमासिक प्रगति समिक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यही अनुसार कडा कदम...बाँकी अंश →

काठमाडौँ, २२ साउन, शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: