०४ चैत २०८२

मुख्य खबर

शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र

काठमाडौँ, २६ साउन ,बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ । त्यसैगरी संगठनको चौथो शिखर सम्मेलनको नारा ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’ निर्धारण भएको छ । राजधानीमा शनिबार सम्पन्न बिम्स्टेक मुलुकका परराष्ट्र÷विदेश÷बाह्य मामिला...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा नेतृत्व प्रस्ताव

काठमाडौँ, २६ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै...बाँकी अंश →


बिम्स्टेकको विशेष बैठक जारी

काठमाडौँ, २६ साउन,  समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिकवृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को विशेष बैठक राजधानीमा जारी छ । व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा...बाँकी अंश →


विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ-अर्थमन्त्री

काठमाडौँ, २६ साउन , विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिनुभएको हो । सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप...बाँकी अंश →


सिक्टा नहर भत्किएको विषयमा छानबिन समिति गठन

काठमाडौँ, २५ साउन , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्किएको विषयमा छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीरताका साथ ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा छानबिनका लागि आयोगका सहसचिवको...बाँकी अंश →


ऊर्जा आदानप्रदान समझदारी ः नेपाल र बङ्गलादेशबीच नयाँ आयाम

काठमाडौँ, २५ साउन, नेपाल बङ्गलादेशबीच आज भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले लगानीका बृहत् सम्भावनाको ढोका खुलेको टिप्पणी गरिएको छ । दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मार्ग प्रशस्त भएको उल्लेख गर्दै आज यहाँ आयोजित कार्यक्रममा ऊर्जा क्षेत्रका जानकार तथा सरोकार भएका निकायले समझदारी एक ऐतिहासिक...बाँकी अंश →


वातावरण संरक्षणका विधि र पद्धतिमा सुशासन पहिलो शर्त हुनुपर्छ

काठमाडौँ, २५ साउन , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार समारोहमा उहाँले भन्नुभयो, “मुलुकप्रति जिम्मेवार भएर जनतालाई अझ बढी लाभ हुने गरी वातावरण संरक्षणका कार्यक्रम अघि बढाउन...बाँकी अंश →


मन्त्रालयका योजना स्थानीय तहलाई हस्तान्तरण गरिने

काठमाडौँ, २५ साउन , कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताउनु भएको छ । रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजननै सङ्घीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको...बाँकी अंश →


शिक्षा आयोगको कार्ययोजना तय

काठमाडौँ, २४ साउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ । आयोगका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले चारमहिने कार्ययोजना पारित गरेको हो । आयोगको पहिलो बैठक यही साउन १६ गते बसेको...बाँकी अंश →


तामाकोशीको शेयर आवेदनका लागि म्याद थप

काठमाडौँ, २४ साउन , माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ । राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । यही...बाँकी अंश →


राज्यको जिम्मेवारीमा रहेकालाई नेकपाले कार्यकारी पद नदिने

काठमाडौँ, २४ साउन ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन संघीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता,...बाँकी अंश →


साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

थिम्पु, भुटान, २४ साउन, आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter