
काठमाडौँ, १४ भदौ ,, गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो ।...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा अयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ । आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित गर्न नसक्ने र राजनीतिकरण हुने आशंका गर्दै सङ्घले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन आयोगको विकल्प खोज्न आग्रह समेत गरेको छ ।...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय सभासम्मेलनले नेपालको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गर्ने जनाउँदै यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् ।...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उहाँले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएका प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार...बाँकी अंश →

काठमाडौँ, १४ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: