०४ चैत २०८२

मुख्य खबर

लहरले नेता बनिदैन– अध्यक्ष दाहाल

काठमाडौँ, १६ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै...बाँकी अंश →


कृषि उत्पादनमा बिम्स्टेक राष्ट्रको जोड

काठमाडौँ, १६ भदौ ,,  बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चाँैथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिनुभएको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा...बाँकी अंश →


भत्ता र रोजगारी दिलाउने विधेयक

काठमाडौँ, १६ भदौ ,,   रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक...बाँकी अंश →


सबैै स्थानीय तहमा प्रहरी सङ्गठन

काठमाडौँ, १६ भदौ ,,  नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै...बाँकी अंश →


‘तुलाधर कम्युनिष्ट क्रान्तिका प्रतीक

काठमाडौँ, १५ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव अधिकारवादी आन्दोलनका वरिष्ठ ‘अभियन्ता पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्षमा आयोजित शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’ विषयक गोष्ठीमा उहाँले तत्कालिन नेकपा(माओवादी)लाई...बाँकी अंश →


पत्रकार खड्काको खोजीमा सरकार गम्भीर छ ,, मुख्यमन्त्री भट्ट

कैलाली, १५ भदौ ,,   प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनदेखि बेपत्ता भएका बाजुराका पत्रकार तेजू खड्काका सन्र्दभमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रदेश नं. ७ का वरिष्ठ पत्रकारलगायत टोलीले आज धनगढीमा मुख्यमन्त्री...बाँकी अंश →


काठमाडौँ–रक्सौल रेलमार्ग अध्ययनसम्बन्धी सम्झौता

काठमाडौँ, १५ भदौ,,   काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय...बाँकी अंश →


चिकित्सकले आन्दोलन गर्न पर्दैन,, उपप्रधानमन्त्री यादव

चितवन, १५ भदौ (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै...बाँकी अंश →


१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ ,,  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार,...बाँकी अंश →


विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौँ, १५ भदौ,,  विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब...बाँकी अंश →


पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

काठमाडौँ, १५ भदौ ,,   नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना ल्याउनुपर्नेमा सम्मेलनमा नेपालले जोड...बाँकी अंश →


चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

बेइजिङ, १५ भदौ,,  चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र अड्कलबाजीभन्दा सकारात्मक प्रगति भएको अधिकारीहरुले बताएका छन् । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार कारखानाको उत्पादनको मुख्य सूचक पीएमआई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter