०४ चैत २०८२

मुख्य खबर

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडौँ, १८ भदौ ,,   मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ ।...बाँकी अंश →


रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

काठमाडौँ, १८ भदौ ,,   नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले उहाँलाई स्वागत गर्नुभयो । नेपाल...बाँकी अंश →


‘आन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउनुपर्छ’

काठमाडौँ, १७ भदौ ,,  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह...बाँकी अंश →


अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु

भक्तपुर, १७ भदौ ,,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले...बाँकी अंश →


विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश

काठमाडौँ, १७ भदौ ,,   सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी...बाँकी अंश →


वार्तामा आउन चिकित्सकलाई आग्रह

काठमाडौँ, १७ भदौ ,,   स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा...बाँकी अंश →


नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूह गठनको घोषणा

काठमाडौँ, १७ भदौ ,,  सङ्घीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ । सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको आज शुभारम्भ गर्नुभएको हो । पहिलो चरणमा भारत, चीन र अष्ट्रेलियाका लागि संसदीयमैत्री...बाँकी अंश →


‘नतिजामुखी प्रशासन,, समृद्धि र सुशासन’

काठमाडौँ, १७ भदौ ,,   यस वर्षको १४औँ निजामती सेवा दिवस आदर्श वाक्य ‘नतिजामुखी प्रशासन -समृद्धि र सुशासन’ भन्ने चयन गरिएको छ । दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले आदर्श वाक्य चयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।...बाँकी अंश →


महिला सङ्घद्वारा ३३ प्रतिशत सुनिश्चितको माग

काठमाडौँ, १७ भदौ ,,   नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले पार्टीको वडादेखि केन्द्रीय समितिसम्म पदाधिकारीसहित न्यूनतम् ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी निर्वाचन लड्न पार्टीलाई स्थानीय तहमा ५० प्रतिशत र प्रदेश तथा सङ्घमा न्यूनतम् ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्ने...बाँकी अंश →


संविधान दिवसलाई महोत्सव बनाउन प्रमको आग्रह

काठमाडौँ, १७ भदौ ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो...बाँकी अंश →


नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

काठमाडौँ, १७ भदौ ,,    कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना...बाँकी अंश →


रेडक्रसका महासचिव सोमबार नेपाल आउँदै

काठमाडौँ, १७ भदौ,,    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter