०४ चैत २०८२

मुख्य खबर

शहरी विकास मन्त्रालयलाई विवरण पेश गर्न निर्देशन

काठमाडौँ, १९ भदौ ,,   प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका कार्यक्रममा भएको सम्पूर्ण खर्चको यथार्थ विवरण, खर्चअनुरुप कार्य सम्पादन हुन नसक्नुका कारण, लगानीअनुरुपको प्रतिफल नदेखिँदा अनियमितताको आशङ्का नगर्नुपर्ने...बाँकी अंश →


आवधिक योजनाका लागि नागरिक साझेदारी

काठमाडौँ, १९ भदौ,,    राष्ट्रिय योजना आयोगले आउँदो १५ औँ पञ्चवर्षीय योजनामा राष्ट्रिय विकासका लागि नागरिक समाजसँग प्रभावकारी साझेदारीको प्रबन्ध गर्ने भएको छ । चालु १४ औँ योजनाको समाप्तिपछि आगामी आर्थिक वर्षमा लागू हुने नयाँ आवधिक योजनामा पहिलो पटक नीतिगत संवाद र नागरिक साझेदारीको प्रबन्ध गर्न लागिएकोे हो । संविधानको...बाँकी अंश →


बिम्स्टेक सार्कको विकल्प होइन ,, प्रम

काठमाडौँ, १९ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई विस्थापित गर्न स्थापना नभएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा कुनै देशकोे...बाँकी अंश →


‘नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि’

काठमाडौँ, १९ भदौ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा...बाँकी अंश →


अर्थमन्त्रीद्वारा भद्रपुर भन्सारको उद्घाटन

भद्रपुर, १९ भदौ ,,   अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताउनुभएको हो । बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उहाँले...बाँकी अंश →


बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

काठमाडौँ, १९ भदौ ,,   राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह...बाँकी अंश →


पाकिस्तान विरुद्ध नेपाल

काठमाडौँ, १९ भदौ ,,   साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा...बाँकी अंश →


पार्टीलाई बलियो बनाउनुपर्छ,, वरिष्ठ नेता पौडेल

तनहुँ, १९ भदौ ,,    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो । “ म...बाँकी अंश →


समृद्धि र विकास सरकारको एजेण्डा,, मन्त्री महासेठ

विराटनगर, १९ भदौ ,,    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताउनुभएको छ । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित...बाँकी अंश →


बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो ,, प्रधानमन्त्री

काठमाण्डौँ, १८ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बिम्स्टेक सम्मेलन...बाँकी अंश →


मानवीय सेवालाई थप सहयोग हुन्छ ,, महासचिव सी

काठमाडौँ, १८ भदौ ,,   रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी नेपाल रेडक्रसको संस्थागत क्षमता विकास एवं मानवीय सेवाका क्षेत्रमा नेपाललाई आगामी दिनमा महासङ्घले थप सहयोग गर्ने जानकारी दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्व धाख्वाः, उपमहामन्त्री हरि न्यौपाने, कार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहितको...बाँकी अंश →


विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश र पुनः गिरफ्तार

काठमाडौँ, १८ भदौ ,,   सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter