
रसुवा, २८ भदौ ,, यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको सडकखण्ड सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो । पहिरो पन्छाउन डिभिजन...बाँकी अंश →

लमही, २८ भदौ ,, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँबाट आज काठमाडौं लगिएको छ । आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौँ पठाइएको उहाँले...बाँकी अंश →

भक्तपुर, २८ भदौ ,, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताउनुभएको छ । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उहाँले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने...बाँकी अंश →

काठमाडौँ, २८ भदौ ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन...बाँकी अंश →

काठमाडौँ, २८ भदौ ,,, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक...बाँकी अंश →

कुश्मा पर्वत, २७ भदौ : नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन । नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि...बाँकी अंश →

२६ भदौ, काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो । स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।...बाँकी अंश →

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने...बाँकी अंश →

काठमाडौं। सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको तयारी अघि बढाएको छ । समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गर्न लागेको हो । सरकारद्वारा द्वन्द्वरत पक्षसँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक वार्ता समिति...बाँकी अंश →

काठमाडौँ, २४ भदौ ,, काठमाडौँ, २४ भदौ (रासस) ः पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गर्नुभयो । “काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले...बाँकी अंश →

गुलरिया, बर्दिया २४ भदौ ,, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, २४ भदौ ,, चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको छ । ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उहाँले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: