०५ चैत २०८२

मुख्य खबर

समाजलाई अनुशासित बनाउने दायित्व शिक्षकको काँधमा ः सभामुख

काठमाडौँ, ३० भदौ ,,    सभामुख कृष्णबहादुर महराले राजनीतिक परिवर्तनमा शिक्षक सङ्घसङ्गठनको ठूलो भूमिका रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज यहाँ आयोजना गरेको सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षामार्फत समाज रुपान्तरण गर्न हामी शिक्षकहरुले निकै ठूलो भूमिका खलेका छौँ...बाँकी अंश →


‘आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध छ’

राजविराज, ३० भदौ,,   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । सप्तरीको राजविराजमा आज प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भन्नुभयो । उद्योग सञ्चालन...बाँकी अंश →


योजना आयोगको भूमिका र औचित्यमाथि प्रश्नैप्रश्न

काठमाडौँ, ३० भदौ,,     राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आयोगको भूमिका र औचित्यमाथि प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “केही भन्न, केही गर्न,...बाँकी अंश →


समयसीमाभित्रै विकास निर्माणको काम सक्न प्रमको निर्देशन

काठमाडौँ, ३० भदौ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने बताउनुभयो...बाँकी अंश →


शिक्षा व्यावसायिक र प्राविधिक हुनुपर्छ–उपप्रम पोखरेल

काठमाडौँ, ३० भदौ ,,    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु...बाँकी अंश →


नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौँ, ३० भदौ ,,   चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो । यस्तै विगतमा...बाँकी अंश →


खाद्य सम्प्रभुताको लागि उत्पादन पहिलो प्राथमिकता

काठमाडौँ, ३० भदौ ,,   जसको जमीन छ, कृषि काम गर्दैन । जसको थोरै जमीन छ, वर्षभरि काम गर्न जमीन पुग्दैन । जस्को जमीनै छैन, ऊ अर्काको जमीन भाडा वा करारमा लिएर खेती गर्छ । त्यो पनि किसान हो । प्रतिनिधिसभाले शुक्रबार पारित गरेको ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था...बाँकी अंश →


स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

राजविराज, ३० भदौ ,,   प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप...बाँकी अंश →


दोषी पत्ता नलाग्दा सबैभन्दा बढी म असन्तुष्ट छु,, गृहमन्त्री

काठमाडौँ, २९ भदौ ,,   गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको...बाँकी अंश →


विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, २९ भदौ ,,   सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न...बाँकी अंश →


स्वाइन फ्लु र हङकङ फ्लु फेला

राजविराज, २९ भदौ ,,  सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको...बाँकी अंश →


चौध देशका कम्युनिष्ट नेपालमा

भक्तपुर, २९ भदौ ,,   भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter