०५ चैत २०८२

मुख्य खबर

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, ४ असोज ,,    चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले...बाँकी अंश →


नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित ,, अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ असोज ,,     नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभएको छ । चारदिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणका क्रममा...बाँकी अंश →


ढुवानी सम्झौता रद्द गर्न सकिने

काठमाडाँै, ३ असोज ,,   नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री...बाँकी अंश →


लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्ध ,, राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज ,,   राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ । नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित स्वागत समारोहमा उहाँले नेपाल असंलग्न आन्दोलनको...बाँकी अंश →


संविधान कार्यान्वयनको अध्याय अधुरो ,, काङ्ग्रेस

काठमाडौँ, ३ असोज ,,   नेपाली काङ्ग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो । काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको...बाँकी अंश →


बिस जना पक्राउ

परासी, ३ असोज ,,   संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब...बाँकी अंश →


चीनका उपराष्ट्रपति वाङ र नेकपा अध्यक्ष प्रचण्ड भेट

काठमाडाँै, ३ असोज ,,    चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गर्नुभएको छ । अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताउनुभएको थियो...बाँकी अंश →


‘पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती’

काठमाडौँ, ३ असोज ,,   सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताउनुभएको छ । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन  शुभारम्भ गर्दै सभामुख महराले भन्नुभयो, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान...बाँकी अंश →


द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडौँ, ३ असोज ,,   राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको हो...बाँकी अंश →


पुष्पलाललाई ‘नेपालरत्न

काठमाडौँ, ३ असोज ,,   सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट संविधान दिवसका दिन उक्त मानपदवी दिइने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त), वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि...बाँकी अंश →


राष्ट्रसङ्घीय साधारणसभाको ७३ औँ अधिवेशन आरम्भ

काठमाडौँ, ३ असोज ,,  संयुक्त राष्ट्र सङ्घको साधारणसभाको ७३ औँ अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ । अधिवेशन शुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र, दिगो, सम्मानपूर्ण, समावेशी तथा सहयोगी विश्व निर्माण गर्न आह्वान गर्नुभयो । जुन महिनामा सभाका अध्यक्ष निर्वाचित हुँदा इक्वेडोरका...बाँकी अंश →


जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल

काठमाडौँ, ३ असोज ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter