
काठमाडौँ, ९ असोज ,, सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।...बाँकी अंश →

काठमाडौँ, ९ असोज ,, गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उहाँले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता...बाँकी अंश →

काठमाडौँ, ९ असोज,, सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ । आयोजना यही असोज ७...बाँकी अंश →

काठमाडौँ, ९ असोज ,, कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताउनुभयो । टिकट बुकिङकै दिन सकियो भनी...बाँकी अंश →

काठमाडौँ, ९ असोज ,, ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको...बाँकी अंश →

काठमाडौँ, ९ असोज ,, बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका...बाँकी अंश →

बैतडी, ९ असोज ,, सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । शिक्षा शाखा प्रमुखबिहीन...बाँकी अंश →

काठमाडौँ, ९ असोज ,, सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा...बाँकी अंश →

घोराही, ९ असोज ,, प्रत्येक प्रदेशमा कम्तीमा एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ (साविकको लक्ष्मीपुर र धर्ना गाविस) मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएपछि उद्योग, आपूर्ति तथा वाणिज्य...बाँकी अंश →

न्यूयोर्क, ९ असोज (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी हुनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा...बाँकी अंश →

न्यूयोर्क, ९ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन...बाँकी अंश →

न्यूयोर्क, ९ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: