
पर्सा, १० असोज,, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल...बाँकी अंश →

काठमाडौँ, १० असोज,, कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । अनुदानस्वरुप...बाँकी अंश →

रोल्पा, १० असोज ،، विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ...बाँकी अंश →

न्यूयोर्क, १० असोज ،، परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा...बाँकी अंश →

काठमाडौँ, १० असोज ,, यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । टोलीमा...बाँकी अंश →

काठमाडौँ, १० असोज ,, गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गर्नु भएको छ । गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी...बाँकी अंश →

रामाल्ला, ९ असोज (रासस÷सिन्ह्वा) : प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासद्वारा राष्ट्रसङ्घको महासभामा दिइने वक्तव्य शान्तिका लागि गरिने महत्वपूर्ण अनुरोध हुने उहाँका प्रवक्ताले मङ्गलबार जनाएका छन् । उहाँले यो सम्बोधन नै प्यालेष्टिनी शान्तिका लागि अन्तिम मौका भएको बताउनुभयो । “राष्ट्रपति महमुद अव्वसद्वारा राष्ट्रसंघीय महासभामा आगामी बिहीबार गर्ने सम्बोधनले हाम्रा जनताले भोग्दै आएको...बाँकी अंश →
काठमाडौँ, १० असोज : नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको...बाँकी अंश →

काठमाडौँ, ९ असोज ,, महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी सोमबार बेलुका...बाँकी अंश →
पोखरा ९ असोज ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उहाँले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने...बाँकी अंश →

पोखरा, ९ असोज,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख...बाँकी अंश →

चितवन, ९ असोज ,, समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगले गलिसकेपछि मात्र अस्पताल पुग्ने कारण उपचारमा कठीनाइ हुने गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: