०५ चैत २०८२

मुख्य खबर

वाइडबडी खरीदमा अनियमितताबारे अध्ययन गरिने

काठमाडौँ, ११ असोज ,,   प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा FDCCकाठमाडौँ, ११ असोज (रासस) : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको...बाँकी अंश →


मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, ११ असोज,,   नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भन्नुभयो, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान...बाँकी अंश →


प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

न्यूयोर्क, ११ असोज ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका...बाँकी अंश →


प्रेस युनियनमा सामूहिक राजीनामा

उर्लाबारी, ११ असोज ,,  नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन...बाँकी अंश →


समाचार सङ्कलनमा रोक लगाएकोप्रति ध्यानाकर्षण

काठमाडौँ, १० असोज ,,  नेपाल पत्रकार महासङ्घले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । यही असोज ९ गते गृह मन्त्रालयमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाई समाचार सङ्कलनमा...बाँकी अंश →


विमानस्थल उडानविहीन

मुसिकोट, १० असोज,,   रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् । जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ । विगत १५ महिनादेखि चौरजहारी विमानस्थलको हवाई सेवा ठप्प बनेको विमानस्थल स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज...बाँकी अंश →


ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ, १० असोज ,,   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा लगानी बढाउन दक्षिण कोरिया सरकारलाई आग्रह गर्नुभएको छ । दक्षिण कोरियाका राजदूत योङग सिक पार्कले आज सिंहदरबारमा मन्त्री पुनसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले सो आग्रह गर्नुभएको हो । भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्ने...बाँकी अंश →


‘बिजुली र सडक चाहियो माननीय ज्यू’

बाँके, १० असोज ,,   ‘हामीलाई बिजुली र सडक चाहियो माननीय ज्यू, निर्वाचनका बेला गरेका प्रतिबद्धता तपाईले पूरा गर्नैपर्छ,’ नरैनापुर गाउँपालिका–५ का सालिकराम यादवले भन्नुभयो, “हामीलाई नेपाली भएर बाँच्नु छ, तर राज्यले त्यो अधिकार खोसेको छ ।” जनतासँग सांसद नारा दिएर गाउँ पुगेका सङ्घीयसभाका सांसद महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण...बाँकी अंश →


समृद्धि र सभ्यताको आधार पर्यटनः अध्यक्ष प्रचण्ड

काठमाडौँ, १० असोज,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गर्नुभयो । “धेरै...बाँकी अंश →


‘अबको गन्तव्य,, असुरक्षित गर्भपतनको अन्त्य’

काठमाडौँ, १० असोज ,,   ‘अबको गन्तव्य ,,   असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी गर्भपतन गराउने अनुमान छ । ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ...बाँकी अंश →


निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ,, मन्त्री बस्नेत

काठमाडौँ, १० असोज ,,   वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता...बाँकी अंश →


नेपालको कसैसँग पनि शत्रुता छैन ,, प्रधानमन्त्री

न्यूयोर्क, १० असोज ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter