
काठमाडौँ, ११ असोज ,, विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान...बाँकी अंश →

काठमाडौँ, ११ असोज,, सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभयो । कँडेलका अनुसार करीब...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा अनुगमनलाई केन्द्रित गरेको छ । स्थानीय तहमा सर्वसाधारणको काम अघि बढेकाले अनुगमनलाई केन्द्रित गरिएको केन्द्रका सहसचिव विष्णुराज लामिछानेले जानकारी दिनुभयो । स्थानीय तहको काम कारवाहीमा गुनासोसमेत बढेकाले अनुगमनलाई केन्द्रित गरिएको हो । केन्द्रले पहिलो चरणमा १४ वटा स्थानीय तहको अनुगमन...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाउनुभयो । नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको...बाँकी अंश →

काठमाडौँ, ११ असोज ,, एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत गरेको छ । बैंकको प्रधान कार्यालय मनिलामा आज सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको...बाँकी अंश →
काठमाडौँ, ११ असोज ,, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ । सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताउनुभयो । उहाँले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा...बाँकी अंश →

न्यूयोर्क, ११ असोज ,, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गर्नुभएको छ । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य अमेरिकाका लागि...बाँकी अंश →

नवलपरासी, ११ असोज ,, पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत...बाँकी अंश →

न्युयोर्क, ११ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख...बाँकी अंश →

न्यूयोर्क, ११ असोज ,, नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: