०५ चैत २०८२

मुख्य खबर

सार्कमा विवाद छैन ,, परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, १३ असोज,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आउनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले यस...बाँकी अंश →


परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता

न्यूयोर्क, १३ असोज ,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिनुभयो । उक्त अवसरमा उहाँले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित...बाँकी अंश →


प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

न्यूयोर्क, १३ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नुभयो । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिनुभएको थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्राष्ट्रिय जगतमा उजिल्याउने गरी काम गर्न...बाँकी अंश →


नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ ,, प्रधानमन्त्री ओली

न्यूयोर्क, १२ असोज ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताउनुभयो । संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३...बाँकी अंश →


परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी

न्यूयोर्क, १२ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मन्त्रिपरिषद्स्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गर्नुभयो । उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।...बाँकी अंश →


नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १२ असोज,,   कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार...बाँकी अंश →


भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री

काठमाडौँ, १२ असोज ,,   भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री...बाँकी अंश →


शिकारका लागि खुला ढोरपाटन आरक्ष

बलेवा, १२ असोज,,    विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो । पहिलो समय ९असोज–मङ्सिर०का लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि...बाँकी अंश →


नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौँ, १२ असोज ,,  नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गर्नुभएको...बाँकी अंश →


शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, १२ असोज ,,  सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...बाँकी अंश →


श्रम सम्झौतालाई अन्तिम रुप दिन छलफल हुँदै

काठमाडाँै, ११ असोज ,,   नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ । कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी÷मुलुकले...बाँकी अंश →


स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

काठमाडौँ, ११ असोज,,  सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter