
काठमाडौँ, २८ असोज ,, गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ...बाँकी अंश →

काबुल, २८ असोज,, अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटनाहरु बढ्दै गएका छन् । निर्वाचन लक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म...बाँकी अंश →

असोज २५,, २०७५ भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट वैदेशिक रोजगारिको शिलशिलामा बन्धक रहेका नेपाली महिला तथा किशोरीहरुको के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ । १९ देखि ३७ बर्ष उमेरका उक्त महिला तथा किशोरीहरुलाई विभिन्न बहानामा...बाँकी अंश →

जनकपुरधाम, २४ असोज,, नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न साझेदारको भूमिका निर्वाह गरिरहेको छ ।” उपसभापति निधिले केन्द्रीय र प्रादेशिक...बाँकी अंश →

काठमाडौँ, २४ असोज ,, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा...बाँकी अंश →

काठमाडौँ, २४ असोज ,, गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी...बाँकी अंश →

काठमाडौँ, २४ असोज ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताउनुभयो । फागुन ३...बाँकी अंश →

काठमाडौँ, २४ असोज,, नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि सवस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने...बाँकी अंश →

काठमाडौँ, २४ असोज ,, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका...बाँकी अंश →

काठमाडौँ, २२ असोज ,, गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी...बाँकी अंश →

काठमाडौँ, २२ असोज ,, शिक्षा तथा बाल अधिकारका क्षेत्रमा क्रियाशील नागरिक समाजका संघसंस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ ले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ लाई सुझाव दिँदै नयाँ निजी विद्यालय नथप्ने लगायत सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं आयोगका अध्यक्ष गिरिराजमणि पोखरेललाई आज सञ्जालका...बाँकी अंश →

बेइजिङ, २२ असोज ,, गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: