०५ चैत २०८२

मुख्य खबर

मेलम्ची सुरुङको अन्तिम काम ७।३ किमी बाँकी

चौतारा, २९ असोज ,,   मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।...बाँकी अंश →


मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौँ, २९ असोज,,   पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको...बाँकी अंश →


काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौँ, २९ असोज ,,   नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता...बाँकी अंश →


राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज ,,   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ...बाँकी अंश →


प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने

महोत्तरी, २८ असोज,, : स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताउनुभएको छ । महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै डा यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका...बाँकी अंश →


‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’

काठमाडौँ, २८ असोज ,,  नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको तेस्रो स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधानबमोजिम व्यवस्था गरिएको तीन तहको...बाँकी अंश →


सुक्खा बन्दरगाहको गोदाममै थन्कियो चिनी

वीरगञ्ज, २८ असोज ,,   साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् । हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट...बाँकी अंश →


समाजवादोन्मुख शिक्षाको पच्चीस वर्षे दूरदृष्टि पहिल्याइँदै

काठमाडौँ, २८ असोज ,,   उच्चस्तरीय शिक्षा आयोग समाजवादोन्मुख शिक्षाको मार्गदर्शक दर्शन र सिद्धान्तका आधारमा आउँदो २५ वर्षको दूरदृष्टि तर्जुमा गर्न जुटेको छ । सङ्घीय नेपालको समृद्धिको लक्ष्यअनुकूल शिक्षा नीति निर्माणका लागि नेपाल सरकारले गठन गरेको सो आयोगले प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकताको खोजी गरिरहेको छ...बाँकी अंश →


जनशक्तिबारे निर्देशक समिति गठन ,, चिकित्सा शिक्षा अध्ययन शुल्क नबढाइने

काठमाडौँ, २८ असोज ,,   सरकारले शैक्षिक जनशक्ति र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ति सुझाव प्रस्तुत गर्न शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले नेपालका लागि आवश्यक शैक्षिक जनशक्तिको आँकलन गरेर तद्अनुरुप समग्र शिक्षा प्रणालीको पुनःसरचनाका निम्ति सुझाव दिन उक्त समिति बनाउने निर्णय...बाँकी अंश →


राजधानीका भित्री शहर पुनःनिर्माणमा कामपा

काठमाडौँ, २८ असोज ,   काठमाडौँ महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँगको कुराकानीमा निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता धेरै कुरा पूरा गर्ने क्रममा रहेको र केही दशैँलगत्तै शुरु गर्ने बताउनुभयोे । ‘क्लिन द सिटी’ अभियान, आठ मिटरभन्दा...बाँकी अंश →


विप्रेषण ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौँ,२८ असोज,,  विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएको विप्रेषण ऊर्जा तथा जलस्रोत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । विप्रेषणबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको र त्यसले कुनै पनि आर्थिक गतिविधिलाई बढवा नदिएको भन्दै बृहत्रुपमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो...बाँकी अंश →


नेता बाँस्तोलाको निधनमा काँग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, २८ असोज ,,   नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । नेता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter