
महोत्तरी, २ कात्तिक ,, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिनुभएको छ । रामगोपालपुरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा राज्यमन्त्री यादवले देशभरीको स्वास्थ्य क्षेत्र हेर्ने आफ्नो जिम्मेवारी रहेको तर यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएर पठाएकाले यहाँका...बाँकी अंश →

सुर्खेत, २ कात्तिक ,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीमा...बाँकी अंश →

काठमाडौँ, २ कात्तिक ,, प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।बाँकी अंश →

काठमाडौँ, २ कात्तिक ,, राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो । स्वस्तिवाचनसहित मूल पुरोहित...बाँकी अंश →

बुटवल, १ कात्तिक ,, प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै दशैँका अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दशैँको महत्व र गरिमालाई फराकिलो बनाउँदै...बाँकी अंश →
काठमाडौँ, २ कात्तिक ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएको छ, “यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा...बाँकी अंश →
काठमाडौँ, २ कात्तिक ,, असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र...बाँकी अंश →

काठमाडौँ, २ कात्तिक ,, आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत...बाँकी अंश →

परासी, १ कात्तिक ,, दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन । दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरु चिन्तित भएका...बाँकी अंश →

काठमाडौँ, १ कात्तिक ,, विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल...बाँकी अंश →

पोखरा, १ कात्तिक ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विमानस्थलको निर्माण...बाँकी अंश →

दमौली, १ कात्तिक ,, एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: