०५ चैत २०८२

मुख्य खबर

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, ५ कात्तिक,,   दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय...बाँकी अंश →


क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

वासिङ्टन, ५ कात्तिक ,,    क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् । पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी...बाँकी अंश →


भारतीय विद्युत्को भरमा दार्चुला

दार्चुला, ५ कात्तिक ,,   दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको...बाँकी अंश →


कृष्णनगरमा लगाइएको कर्फु साँझ सम्मका लागि हटाईयो छ , ५ बजे पछि अर्को निर्णय हुने

कपिलवस्तु ५ कार्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा आज दिउँसो १२ बजे सम्मको लागि हटाएको कर्फुको समयसिमा पुन थप गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलका अनुसार कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजे सम्म कर्फु हटाइएको छ ।आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फू प्रशासन कार्यालयले...बाँकी अंश →


ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ४ कात्तिक ,,   भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा...बाँकी अंश →


प्रमुख बालीको समर्थन मूल्य तोक्न माग

काठमाडौँ, ४ कात्तिक ,,   राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । “बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ”, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भन्नुभयो । आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम...बाँकी अंश →


कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ४ कात्तिक ,,   दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला...बाँकी अंश →


एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ, ४ कात्तिक ،،   स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाँैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो...बाँकी अंश →


सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

तुलसीपुर, ४ कात्तिक ,,    दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष...बाँकी अंश →


नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडाँै, ३ कात्तिक ,,   सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०४४...बाँकी अंश →


दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

बैतडी, ३ कात्तिक,,   दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ...बाँकी अंश →


रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

सोची, २ कात्तिक ,,   रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताउनुभएको छ । रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राख्नुभएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter