
काठमाडौँ, १० कात्तिक ,, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताउनुभएको हो ।...बाँकी अंश →

बुटवल, १० कात्तिक ,, प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानून निर्माण हुन नसकेको कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान उपकरणको आज यहाँ उद्घाटन समारोहमा उहाँले प्रदेश सरकारमार्फत विकास निर्माणका काम तल्लो तहसम्म पुग्न...बाँकी अंश →

काठमाडौँ, १० कात्तिक,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने...बाँकी अंश →

भीमदत्तनगर, १० कात्तिक,, झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो ।...बाँकी अंश →

पशुपतिनगर, १० कात्तिक ,, पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने निर्माणाधीन काबेली कोरिडोरको काम दुई महीनामा सकिने भएको छ । जग्गाको मुआब्जाको विषयमा विवाद भएर काम सुस्त भएको काबेली कोरिडोरको काम अहिले अन्तिम चरणमा पुगेको हो । इलामको देउमाई नगरपालिकाको सिद्धिथुम्का र पाँचथरको फिदिम बजार खण्डमा...बाँकी अंश →

पर्वत, १० कात्तिक ,, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउनुभएको छ । पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, “तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी हिउँदे अधिवेशनमा बन्ने र त्यसपछि निर्वाध...बाँकी अंश →

नवलपरासी, १० कात्तिक,, पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६...बाँकी अंश →

दाङ, १० कात्तिक ,, गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये ५७...बाँकी अंश →

टोकियो, ९ कात्तिक,, उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको...बाँकी अंश →

काठमाडौँ, ९ कात्तिक,, इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ । पहिले ‘सांसद विकास कोष’ नाम सञ्चालित उक्त कार्यक्रम अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ले नाममा सरकार सञ्चालन गर्न थालिएको उक्त कार्यक्रमको आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: