०५ चैत २०८२

मुख्य खबर

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

काठमाडौँ, १६ मङ्सिर,,   प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताउनुभएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले...बाँकी अंश →


कृष्णानगर मा टाइम कार्ड वितरण

कपिलवस्तु १६ मङ्सिर,,    पछिल्लो समयमा सड़क दुर्घटना बढ्दो क्रममा देखिए पछि जिल्लाको कृष्णानगर मा पनि आज दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य ले चालकहरू लाई टाइम कार्ड वितरण गरिएको छ। जिल्ला ट्राफिक कार्यालय प्रहरि निरिक्षक बावुराजा पन्त ले कृष्णानगर मा यात्रु बाहक  बस, ट्रक र माइक्रो बस लाई टाइम कार्ड वितरण गर्नु...बाँकी अंश →


सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौँ, १४ मङ्सिर,,   सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने जनाएको छ । नेपाल धितोपत्र बोर्डले यही मङ्सिर ६ गते स्वीकृति दिएको...बाँकी अंश →


राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर ,,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको...बाँकी अंश →


शिक्षक आन्दोलित हुँदा पनठनपाठन प्रभावित

सल्यान, १४, मङ्सिर ,,   जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि...बाँकी अंश →


स्वतन्त्र राजनीतिक समूहको मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक हुने

कपिलवस्तु १३ मङ्सिर,,    नेपाली जनता को संघर्ष र बलिदान द्वारा स्थापित लोकतांत्रिक संघिय गणतंत्र मा जारी भएको संविधान ले देश को शोषित, पिडित र आम जनता को हित मा हुने  पूर्ण विश्वास गरिएको थियो। जनता को हक अधिकार सुनिश्चित र सर्वांगीण विकास भई आर्थिक स्तर मा सुधार आई समाज मा...बाँकी अंश →


अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर,,   मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती...बाँकी अंश →


गाउँले दूषित पानी पिउन बाध्य

जुम्ला, १२ मङ्सिर ,,   स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा...बाँकी अंश →


चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

शिजिआजुआङ्, चीन, १२ मङ्सिर,,   उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार...बाँकी अंश →


नक्कली सुनसहित तीन पक्राउ

काठमाडौँ, १२ मङ्सिर ,   महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...बाँकी अंश →


संविधानसँग बाझिएका दुई सय कानून संशोधन गर्न आग्रह

काठमाडौँ, ११ मङ्सिर,,   सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित ‘ऐन कार्यान्वयनमापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उहाँले संविधानसँग बाँझिएका २०० कानून भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।...बाँकी अंश →


नेपालको विकासका लागि अमेरिकी सहयोग महत्वपूर्ण – अध्यक्ष दाहाल

काठमाडौँ, ११ मङ्सिर,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter