०५ चैत २०८२

मुख्य खबर

वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन,, देउवा

धनगढी, २९ पुस ,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान...बाँकी अंश →


हज कमिटीको अध्यक्षमा मियाँ

काठमाडौँ, २९ पुस ,, नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त हुनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उहाँलाई आज नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो । कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने...बाँकी अंश →


प्रा डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती

इलाम, २९ पुस ,,   प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र...बाँकी अंश →


बूढीगङ्गा नदी नियन्त्रण

इटहरी, १ पुस ,,  इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्ष बालकृष्ण विष्टले जानकारी दिनुभयो । प्रत्येक वर्ष इटहरी...बाँकी अंश →


संविधान कार्यान्वयन आवश्यक– पूर्वराष्ट्रपति

काठमाडौँ, २७ मङ्सिर ,, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज यहाँ विमोचन गर्दै उहाँले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको...बाँकी अंश →


प्रधानन्यायाधीशमा राणा सिफारिश

काठमाडौँ, २७ मङ्सिर ,,   प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले...बाँकी अंश →


शहीदको सपना पूरा गराउन लागिपरेका छौँ – अध्यक्ष दाहाल

काठमाडौँ, २७ मङ्सिर ,,    नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनुभएको छ । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही...बाँकी अंश →


सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

काठमाडौँ, २७ मङ्सिर ,,  सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र कतिपय जिल्लामा कामले तीव्रता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालय स्वास्थ्य संस्था, स्थानीय तह र सरकारी कार्यालयको सेवामा सूचना र प्रविधिको...बाँकी अंश →


आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

ललितपुर, २७ मङ्सिर ,,  राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास...बाँकी अंश →


जन्तीको गाडीे दुर्घटनामा छ जनाको मृत्यु

दाङ, २७ मङ्सिर ,,  चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला...बाँकी अंश →


राजधानी तत्काल तोकिँदैन ,, मुख्यमन्त्री पौडेल

काठमाडौँ, २६ मङ्सिर ,,   प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी...बाँकी अंश →


झडपमा आठ प्रहरी मारिए

कान्दाहार, अफगानिस्तान, २५ मङ्सिर,,  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter