०५ चैत २०८२

मुख्य खबर

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

काभ्रेपलाञ्चोक, १ माघ  ,,  मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी...बाँकी अंश →


पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर, १ माघ  ,,   माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल...बाँकी अंश →


सडकका कारण पर्यटक आगमनमा कमी

 साँखु, १ माघ   ,,   काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् । यसका लागि चाबहिल साँखु सडकखण्ड एउटा उदाहारण बनेको छ । काठमाडौँ उपत्यकाको मुख्य केन्द्रका रुपमा परिचित चाबहिलबाट साँखुसम्म पुग्ने सडको...बाँकी अंश →


बालिका हत्यारालाई जन्मकैद

धरान, १ माघ  ,,  धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला...बाँकी अंश →


मुख्यमन्त्री पोखरेल : शुभकामना

बुटवल, १ माघ  ,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव...बाँकी अंश →


कर्णालीमा बढ्दै मातृ मृत्युदर

वीरेन्द्रनगर, १ माघ (रासस)ः गुर्भाक–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आउनुभएकी उहाँको सुत्केरी भएको नौ दिनमा ज्यान गयो । स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो । “सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो,”...बाँकी अंश →


टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ, १ माघ  ,,  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम...बाँकी अंश →


स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’

काठमाडौँ, ३० पुस ९ ,, ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताउनुभयो । रु १८ करोडको लागतमा १८...बाँकी अंश →


मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

घोराही, ३० पुस  ,,  घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत...बाँकी अंश →


सूर्यविनायकमा रङ्गशाला र चिडियाखाना बन्ने

भक्तपुर, २९ पुस ,,  प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उहाँले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताउनुभयो । पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख...बाँकी अंश →


प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा, २९ पुस  ,, प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठकले...बाँकी अंश →


अमेरिकासँगको व्यापार विवाद यो बर्षभरिमा निकास पाउँछ ,, चीन

चीन, बेइजिङ, २९ पुस ,, अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका बाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताउनुभएको छ । अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताउनुभएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter