
दार्चुला, ३ माघ ,, केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो । सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका...बाँकी अंश →

सल्यान, ३ माघ ,, सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक...बाँकी अंश →

डोटी, ३ माघ ,, सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी...बाँकी अंश →

हिलिहाङ, ३ माघ ,, मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका...बाँकी अंश →

मङ्गलबारे, ३ माघ ,, इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । फलपूmल बालीतर्पm एभोकार्डोेमा माईजोगमाई गाउँपालिका–४ का...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, जिपी कोइराला फाउण्डेशनले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले विघटनको तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय सरकारमार्फत नराखेर विघटन गर्ने तयारी गरेको...बाँकी अंश →

सुर्खेत, ३ माघ ,, वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो । अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, विपद्का समयमा प्रभावकारी रूपमा तथ्याङ्क सङ्कलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ सङ्घले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि सङ्घले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ । विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक सङ्कलन महत्वपूर्ण...बाँकी अंश →

बाजुरा, ३ माघ ,, जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर – ५ जेराका ७२ घरधुरीका बासिन्दा खानेपानीको समस्याले पिल्सिएका छन् । बस्तीमा पानीको स्रोत नभएको दुईवटामात्र सार्वजनिक धारामा लाम लाग्दा पनि आवश्यक मात्रामा पानी पाउन नसकिएकाले आफूहरूले समस्या भोग्नु परेको स्थानीयवासी सरजन विकले गुनासो गर्नुभयो । बहत्तर घरधुरी दलित परिवार...बाँकी अंश →

काठमाडौँ, २ माघ (रासस) ,, धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ ।...बाँकी अंश →

बैतडी, २ माघ ,, पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन्...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: