
दमौली, ३ माघ ,, तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताउनुहुन्छ । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उहाँले भन्नुभयो । धारोमा पर्याप्त पानी...बाँकी अंश →

डोल्पा, ३ माघ ,, वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ । सडक खुलेसँगै जीप, ट्र्याक्टर, मोटरसाइकललगायतका यातायातका साधन भित्रिन थालेका छन् । यसअघि गाडी नहँुदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर विकास निर्माणका सामग्रीसमेत खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता भए पनि सडक...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश...बाँकी अंश →

बेझाड, ३ माघ ,, पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, पहिलो पटक शुरु गरिएको ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव सङ्कलन भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मङ्सिर २६ गते सुझाव पठाउन आह्वान गरेको थियो । प्रतिस्पर्धाका लागि चार वटा विधा निर्धारण गरिएको र उक्त विषयमा...बाँकी अंश →

सप्तरी, ३ माघ ,, उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रञ्जित झाले जानकारी दिनुभयो । उपचारका क्रममा...बाँकी अंश →

नारायणपुर, ३ माघ ,, नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ । घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो । “विगतको सरकारले देशभर १२÷१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो...बाँकी अंश →

भोजपुर, ३ माघ ,, जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो । जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन...बाँकी अंश →

हुम्ला, ३ माघ ,, जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच...बाँकी अंश →

राजविराज, ३ माघ ,, धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो । यादवको घरमै गएर क्लबका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले मणिलाललाई एक थान थाल, एक थान गिलास, एक थान...बाँकी अंश →

नुवाकोट, ३ माघ ,, जिल्लाका धेरै ठाउँमा माघे सङ्क्रान्तिलाई गोरु जुधाइको पर्वसँग जोडेर मनाउने क्रम बढेसँगै पञ्चकन्या गाउँपालिका घलेभञ्ज्याङमा पनि गोरु जुधाएर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिएको छ । काठमाडौँ गोङ्गबुबाट ४९ किमी उत्तरमा रहेको घलेभञ्ज्याङमा चार वर्षअघिदेखि गोरु जुधाइँदै आएको छ । पशु अधिकारका विषय नउठ्दै बट्टाइ, लुइँचे र...बाँकी अंश →

गलकोट, ३ माघ ,, म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: