
महोत्तरी, ४ माघ ,, बजेट तर्जुमा भएको छ महीना बितेपछि मात्र महोत्तरीका स्थानीय तहमा योजनाअनुसारको विकास निर्माणको गति क्रमिकरुपमा अगाडि बढेको छ । गत साउन महीनामै बजेट तर्जुमा गरिसकेको जिल्लाका अधिकांश स्थानीय तहले माघको पहिलो हप्तादेखि विकास निर्माणका लागि क्रमिकरुपमा कदम उठाएको अवस्था छ । गौशाला नगरपालिका कार्यालय स्रोतले दिएको...बाँकी अंश →

लहान, ४ माघ ,, सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ । धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । नगरको सूचना प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन माघ...बाँकी अंश →

हुम्ला, ४ माघ ,, कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो...बाँकी अंश →

काठमाडौँ, ४ माघ ९ ,, नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो...बाँकी अंश →

काठमाडौं, ४ माघ ,, स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ । सेवा...बाँकी अंश →

परासी, ४ माघ ,, पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई...बाँकी अंश →

गलकोट, ४ माघ ,, बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकालाई का बासिन्दाले भवन निर्माणका लागि बडिगाड–५ मोहन जिसीसहित ७६ जग्गाधनीले थोरै धेरै गरी ग्वालीचौरको खारबजारमा मध्यपहाडी लोकमार्गसँग नजिक रहेको झण्डै रु चार करोड बढी मूल्य बराबरको...बाँकी अंश →

रोल्पा, ४ माघ ,, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त...बाँकी अंश →

पर्वत, ४ माघ ,, दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम...बाँकी अंश →

भद्रपुर, ४ माघ ,, प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै...बाँकी अंश →

जुम्ला, ४ माघ ,, जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो । स्याउ सुपरजोन जुम्लाले स्याउ काँटछाँटका लागि किसानलाई आग्रह गरेको छ । जिल्लाका आठै स्थानीय तहका हरेक बस्तीका किसान दैनिक स्याउका बिरुवा काँटछाँट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: