
काठमाडौँ, ४ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनलागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । आजदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्र्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिनुभएको थियो । सांसद...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गर्दै अब समग्र विकासका गतिविधि तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको धारणा व्यक्त...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वाेपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राख्नुभएको प्रश्नको जवाफमा...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, काठमाडौँ महानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिन थालेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो पाँचवर्षे कार्यकालमा कार्यालय भवन नभएका ३२ वटै वडामा भवन निर्माण गर्ने जनाएसँग निर्माणको काम अघि बढाइएको कामपाले जनाएको छ । केही वडा कार्यालय भवन निर्माणका लागि भवनको शिलान्यास भएको छ...बाँकी अंश →

काठमाडौँ, ४ माघ ,, सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ । विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको छ ।...बाँकी अंश →

चितवन, ४ माघ ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताउनुभयो ।...बाँकी अंश →

जाजरकोट, ४ माघ ,, छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा...बाँकी अंश →

सुर्खेत, ४ माघ ,, जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: