
काठमाडौँ, १२ माघ ,, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताउनुभएको छ । किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार...बाँकी अंश →

काठमाडौँ, १२ माघ ,, नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण पराजित हुनपुगेको थियो । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको...बाँकी अंश →

काठमाडौँ, १२ माघ ,, विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका,...बाँकी अंश →

वासिङ्टन, १२ माघ ,, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नु भएको छ । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् । स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका...बाँकी अंश →

मुम्बई, १२ माघ .. विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको...बाँकी अंश →

काठमाडौँ, १२ माघ,, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै...बाँकी अंश →

परासी, ११ माघ ,, विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान गरी त्यहाँ सञ्चालन गरिने...बाँकी अंश →

काठमाडौँ, ११ माघ ,, नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई बिहीबार कारवाही गरेको हो ।...बाँकी अंश →

नारायणपुर, ११ माघ ,, दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन भएको छ । ‘श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म रु एक करोड ५७ लाख ३३८ दान...बाँकी अंश →

भद्रपुर, ११ माघ ,, झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालय भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हजार...बाँकी अंश →

नारायणपुर, १० माघ ,, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रभावकारी र व्यवहारिक योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ । मन्त्री...बाँकी अंश →

काठमाडौँ, १० माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उहाँको उपचार अहिले ललितपुरस्थित मेडिसिटी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: