०६ चैत २०८२

मुख्य खबर

उच्चस्तरीय छानबिन आयोगको माग

काठमाडौँ, १७ फागुन ,,  काठमाडाँै क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्नुभएको छ । नेपाली राजनीतिका एक उदीयमान नेता तथा सरकारका जिम्मेवार मन्त्रीसँगै सात जनाको मृत्यु हुने गरी भएको...बाँकी अंश →


हेलिकप्टर दुर्घटना ः चारको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौँ, १७ फागुन ,,  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा...बाँकी अंश →


मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि शुरु

पोखरा, १७ फागुन (,,  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ । मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।...बाँकी अंश →


शोकमा डुब्यो

काठमाडौँ, १७ फागुन ,, दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद्...बाँकी अंश →


मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

पोखरा, १७ फागुन ,,  हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उहाँका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका...बाँकी अंश →


मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

पोखरा, १७ फागुन ,,  हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १७ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन...बाँकी अंश →


राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १७ फागुन ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे...बाँकी अंश →


नेकपा सचिवालय ः शोक प्रस्ताव पारित

काठमाडौँ, १६ फागुन ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले...बाँकी अंश →


मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त

पोखरा, १६ फागुन ,,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य सङ्घले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले आज विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीको निधनले सङ्घ, कास्कीवासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, एक...बाँकी अंश →


रवीन्द्र स्मृति उद्यान नामकरण

चिप्लेढुङ्गा, १६ फागुन  ,, पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले...बाँकी अंश →


हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने ः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ फागुन ,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter