
पोखरा, २३ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । पार्टी महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको...बाँकी अंश →

धनगढी, २२ फागुन ,, कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको फैसलाबारे आज जानकारी दिँदै उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया,...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, अस्थायी शिक्षकको आन्दोलन, हात्ती आक्रमण, पूर्वाधार निर्माण, महिला श्रमिक दिवस, भन्सार विन्दुमा बरामद गरिएको सामानलगायत विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले अस्थायी शिक्षकमाथि बरबरतापूर्ण तवरले प्रहरी हस्तक्षेप भएको जनाउँदै उहाँहरुको मागलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ । दूतावासका नियोग प्रमुख डा अजयकुमार तथा केन्द्रीय भवन अनुसन्धान संस्था (सिबिआरआई) रुड्की भारतका समूह अगुवा डा पूर्णिमा परिदाले आज यहाँ आयोजित कार्यक्रममा प्राविधिक सहयोग सम्बन्धी...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको छ । सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, राष्ट्रिय योजना आयोगले स्वच्छ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक बनाउने दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदालाई सार्वजानिक गरेको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक, प्रचारात्मकलगायतका आधारभूतदेखि विशिष्टिकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने रणनीति योजनाको मस्यौदामा रहेको छ । आर्थिक वर्ष २०७६÷७७– २०८०÷८१ को योजनाको...बाँकी अंश →

काठमाडौँ, २१ फागुन ,, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र (सेज)को प्राधिकरण सञ्चालक समितिमा श्रमिक सङ्गठनको प्रतिनिधि राख्ने सहमति गरेको छ । समितिको आज बसेको बैठकले प्राधिकरण सञ्चालक समितिमा सबै राजनीतिक दल सम्बद्ध साझा संयुक्त ट्रेड युनियन महासङ्घको सिफारिसमा एक जना प्रतिनिधि राख्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: