
रुपन्देही, २४ फागुन ,, विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।...बाँकी अंश →

कास्की, २४ फागुन ,, गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, समाजसेवी डा विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा पण्डितले नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै शोकाकूल परिवारजन र आफन्तप्रति समवेदना प्रकट गरिएको छ ।...बाँकी अंश →
काठमाडौँ, २३ फागुन ,, मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा...बाँकी अंश →

शेनजेन, २३ फागुन (रासस/एएफपी) – सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ...बाँकी अंश →

पोखरा, २३ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि सांसद देवप्रसाद गुरुङ मुलुकको समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको आवश्यकता रहेका...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ९ ,, ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ ।...बाँकी अंश →

काठमाडौँ, २३ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको...बाँकी अंश →

विराटनगर, २३ फागुन ,, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: