०६ चैत २०८२

मुख्य खबर

त्यो कविता र स्वर मेरो हैन ः भट्टराई

चिप्लेढुङ्गा, २८ फागुन  ,, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र...बाँकी अंश →


लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २८ फागुन ,, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३...बाँकी अंश →


‘सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल’

दमौली, २८ फागुन  ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो...बाँकी अंश →


‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’

पोखरा, २८ फागुन ,,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि...बाँकी अंश →


सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

काठमाडौँ, २८ फागुन ,,  भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ...बाँकी अंश →


उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने

बनेपा, २८ फागुन ,,  बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको...बाँकी अंश →


हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

काठमाडौँ, २८ फागुन ,, विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन...बाँकी अंश →


श्रद्धाञ्जलि सभा

काठमाडौँ, २८ फागुन ,,  पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो । बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद कृष्ण राई, छिरिङदोर्जे लामा, समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका सदस्य टुल्कुनिमा टेण्डी...बाँकी अंश →


भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि

कास्की, २८ फागुन ,,  कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी भिमादले...बाँकी अंश →


सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, २८ फागुन ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता,...बाँकी अंश →


सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति न्यूयोर्कमा

काठमाडौँ, २८ फागुन ,,  राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीलाई जोन एफ...बाँकी अंश →


सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौँ, २७ फागुन ,,  प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter