
गलेश्वर, ३० फागुन ,, जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफँै अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, पृथक रुपमा सक्षम नवलपरासीका सौगात वाग्ले वित्त विकास विषयमा स्नातक तहको अध्ययन पूरा मार्गप्रशस्त भएकामा दङ्ग छन् । काठमाडौँ विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्न उनलाई भारत सरकारले छात्रवृत्ति प्रदान गरेपछि उनको अध्ययनले निरन्तरता पाएको हो । मध्यम वर्गीय परिवारका उनी आफू मात्र नभई आफ्नो भाइ पनि आफूजस्तै...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, प्रतिनिधिसभामा ‘निर्वाचन आयोगको आव २०७४÷०७५ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा राष्ट्रपतिसमक्ष प्रस्तुत भएको उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पु¥याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी...बाँकी अंश →

काठमाडौँ, २९ फागुन ,, महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले...बाँकी अंश →

चितवन, २९ फागुन ,, भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।...बाँकी अंश →

ललितपुर, २८ फागुन ,, शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: