०६ चैत २०८२

मुख्य खबर

अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, ३ चैत ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार...बाँकी अंश →


समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती सङ्घ’

काठमाडौँ, ३ चैत ,,  नेपाल प्रहरी २४ सै घण्टा समाजसेवामा व्यस्त हुन्छन् । कतिपयलाई लाग्न सक्ला २४ सै घण्टा समाजसेवामा लाग्ने प्रहरीका श्रीमतीले कसरी दिन बिताउलान् ? तर, प्रहरीका श्रीमतीहरुले पनि सङ्घ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका...बाँकी अंश →


रक्तदान

काठमाडौँ, ३ चैत ,,  ब्लड डोनर्स एशोसिएशन नेपालले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवद्र्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न...बाँकी अंश →


काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

मध्यप्रदेश, भारत, २ चैत इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उहाँका छोरा सोमेश घाइते हुनु भएको हो । मध्य प्रदेशको दामोही नजिकै अज्ञात...बाँकी अंश →


डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २चैत  संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ । केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ । आफ्नो पार्टीको निर्देशन विपरीत तथा...बाँकी अंश →


खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय छानविन असम्भव ,, साउदी अरब

जेनेभा,२ चैत्र ,, प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । उसले आफ्नो मुलुक अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफूसँग भएको साउदी अरबको दावी छ । जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा बोल्दै...बाँकी अंश →


‘लगानी सम्मेलन परिणाममुखी हुने’

काठमाडौँ, २ चैत ,, मुलुकलाई समृद्ध बनाउन विदेशी ज्ञान, सीप, प्रविधि तथा पूँजी भित्र्याउनु पर्नेमा अर्थविद्ले जोड दिनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा वक्ताहरुले यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनमा रु ३० खर्ब बैदेशिक लगानी भित्रिने र त्यसको परिचालनबाट नेपाल समृद्धिको मार्गमा लम्किने...बाँकी अंश →


जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको समस्या सुल्झाउन नयाँ कानून

काठमाडौँ, २ चैत ,, अधिकांश ठूला परियोजनाको साझा समस्याको रुपमा रहेको जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा अब स्पष्ट कानूनी व्यवस्था हुने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा आयोजना कार्यान्वयनमा देखिएका साझा...बाँकी अंश →


वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा, २ चैत ,, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो...बाँकी अंश →


१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौँ, २ चैत,,   लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बोर्डको ३५ औं बैठकले...बाँकी अंश →


संवैधानिक आयोगका पदाधिकारी अभावमा न्याय तथा अधिकार ओझेलमा

काठमाडौँ, १ चैत  ,,   सङ्घीय संरचनाअनुसार सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएको छ ।सरकारको प्रस्ताव बमोजिम पाँच संवैधानिक आयोगका पदाधिकारी अध्यक्ष नियुक्तिका लागि संवैधानिक परिषद्ले गत माघ ७ गते सिफारिश गरेको थियो । यसरी सिफारिस गरिएका अध्यक्षमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा...बाँकी अंश →


न्यायालय नै पीडित

गलकोट, १ चैत ,, अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै भवन पुनःनिर्माण गर्न नसक्दा पीडित भएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको उच्च अदालत पोखरा बागलुङ इजालसको हालसम्म कतैबाट पुनःनिर्माणको पहल नगर्दा जनताको समस्या समाधान गर्ने अदालत आफै समस्यामा परेको छ । भूकम्पमा भवन चर्केपछि प्राविधिकले कामकाज गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter