०६ चैत २०८२

मुख्य खबर

बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने

बुटवल, ८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर...बाँकी अंश →


वागदरबार भत्काउन नमिल्ने

काठमाडौँ, ८ चैत ,,  काठमाडौँ महानगरपालिकाले वागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो । वागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार...बाँकी अंश →


चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह

भैरहवा, ८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा...बाँकी अंश →


नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

काठमाडौँ, ८ चैत ,,  नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो ।...बाँकी अंश →


वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

काठमाडौँ, ८ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की...बाँकी अंश →


नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

काठमाडौँ, ८ चैत  ,,  नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

बुटवल, ८ चैत ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ । आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन...बाँकी अंश →


भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

बाँके, ८ चैत  ,, भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका...बाँकी अंश →


कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

काठमाडौँ, ८ चैत ,, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले...बाँकी अंश →


परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने

काठमाडौँ, ८ चैत ,, सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि...बाँकी अंश →


गोरखाको विकासका लागि बहस

काठमाडौँ, ८ चैत ,, जन्मथलो गोरखा भएर विभिन्न सिलसिलामा जन्मस्थान बाहिर रहेका व्यक्तिहरूले जिल्लाको समग्र विकास निर्माण र गोरखाली जनताको समृद्धिको आकाङ्क्षा हासिल गर्न बहस थालेका छन् । गोरखा विकास मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ, विभिन्न पेशा, व्यवसायमा छरिएर रहेका व्यक्तित्व, विविध क्षेत्र र विधाका विषयविज्ञले जिल्लाको सामाजिक...बाँकी अंश →


“जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”

कञ्चनपुर, ८ चैत ,, जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा झलारीमा बिहीबार मनाइएको ५४औँ अन्तर्राराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका सहभागीले जोड दिएका हुन् । सुदूरपश्चिम प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग राज्यमन्त्री प्रकाश रावलले भित्री हृदयबाटै जातीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter