
काठमाडौँ, १४ चैत ,, शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो । सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु...बाँकी अंश →

जनकपुरधाम, १४ चैत ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका...बाँकी अंश →

डोटी, १४ चैत ,, जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक जोरायल गाउँपालिकामा प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको हो । जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा सङ्घ डोटीले पुनःस्थापना कक्षको स्थापना गरेको...बाँकी अंश →

लमही, १४ चैत ,, पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको...बाँकी अंश →

गोरखा, १४ चैत ,, गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा समूहले पछिल्लो समय...बाँकी अंश →

पाथर्दी (तनहुँ), १४ चैत ,, स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना...बाँकी अंश →

गाईघाट, १४ चैत ,, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ...बाँकी अंश →

विराटनगर, १४ चैत ,, वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ । निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा...बाँकी अंश →

सप्तरी, १३ चैत ,, एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको...बाँकी अंश →
काठमाडौँ, १३ चैत ,, आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको, ऊर्जाको उपलब्धता सहज भएको, श्रम सम्बन्धसमेत सुधार भएको अवस्थामा निजी क्षेत्र पनि सरकारसँगै ‘काँधमा काँध’ मिलाएर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: