
भक्तपुर, १५ चैत ,, नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ । काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।...बाँकी अंश →

काठमाडौँ, १५ चैत ,, राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सम्मेलनका लागि सरकारले ५० र...बाँकी अंश →

गलकोट, १५ चैत ,, बागलुङ नगरपालिकाले भूकम्पीय जोखिम न्यूनीकरण गर्न घरधनी र डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम गराउन थालेको छ । भूकम्पबाट हुनसक्ने सम्भाव्य जोखिमबाट बच्न नगरपालिकाले नगरक्षेत्रभित्र भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सचेतनामूलक तालीमको समेत आयोजना गर्दै आएको हो । नगरपालिकाले घर निर्माणका लागि नगरपालिकामा आउने घरधनीलाई एकदिने...बाँकी अंश →

सुर्खेत, १५ चैत्र ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड््का (ओली) लाई...बाँकी अंश →

रुपन्देही, १४ चैत ,, बुटवलमा बुधबार भएको फिरोज खानको हत्यामा संलग्नलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै व्यवसायीले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएका छन् । बुटवलको मैनाबगरमा गोली प्रहारबाट मृत्यु भएका खानको हत्यामा संलग्न व्यक्ति वा समूह जो भए पनि तत्काल पत्ता लगाई कारवाही गर्न दबाब दिँदै मैनाबगरका...बाँकी अंश →

काठमाडौँ, १५ चैत ,, सरकारले तीन वर्षसम्म गरीबीको रेखामुनि रहेको जनसङ्ख्यालाई करीब एकतिहाइले कम गर्ने लक्ष्य लिएको छ । देशभर हाल करीब २१ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ । सरकारले सन् २०२२ सम्म यसलाई १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीबी...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कोशेढुङ्गा हुने विश्वास गरिएको लगानी...बाँकी अंश →

गलेश्वर, १४ चैत ,, कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु...बाँकी अंश →

सुर्खेत, १४ चैत ,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताउनुभएको छ । आज यहाँ उक्त सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नदीको बहुउपयोगका लागि सबैले...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । यस्तै...बाँकी अंश →

चौतारा, १४ चैत ,, राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: