
बनियानी, २१ चैत ,, झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि...बाँकी अंश →

चुप्लुङ (ओखलढुङ्गा), २१ चैत ,, प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको सङ्गम ओखलढुङ्गाको पिकेडाँडा आफँैमा पर्यटकीय आकर्षणको केन्द्रविन्दु हो । साहसिक पर्यटन तथा हिमशृङ्खलाको मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । पर्यटनको अथाह सम्भावना भएर पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर चुप्लुङ खिजी फलाटेका स्थानीय जुर्मुराएका छन्...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,, पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले...बाँकी अंश →
विराटनगर, २१ चैत ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पार्नुभयो । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला...बाँकी अंश →

काठमाडौँ, २१ चैत,, प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो...बाँकी अंश →

पोखरा, २१ चैत ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको आज यहाँ आयोजित सोह्रौँ दीक्षान्त समारोहमा उहाँले रोजगारीका लागि देशको जनशक्ति विदेशिनु राष्ट्रको समृद्धि र विकासका लागि बाधक हुने बताउनुभयो । “शिक्षा मानवजातिको एउटा अनमोल सम्पत्ति हो, आभूषण...बाँकी अंश →

काठमाडौँ, २० चैत ,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी कानून निर्माण भइरहेको बताउनुभएको छ । मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न आज यहाँ आयोजित कार्यशालामा मन्त्री बस्नेतले संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने बताउनुभयो...बाँकी अंश →
दाङ, २० चैत ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई जनतामाझ जान आह्वान गर्नुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आज लमहीमा आयोजना गरेको क्षेत्रीय सभामा उहाँले काङ्ग्रेस जनताको पार्टी भएकाले गाउँ–गाउँमा पुगेर जनताको सुख–दुःखमा साथ दिन आग्रह गर्नुभयो । सभापति देउवाले मुलुकमा दिनदिनै आपराधिक घटनामा...बाँकी अंश →

ब्रुनाई, २० चैत ,, ब्रुनाईमा व्यभिचारी र समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि ढुङ्गाले हिर्काएर मारिने समेतका कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक (शरिया) कानुन बुधबारदेखि लागू भएको छ । विश्वका राजनीतिक नेता, अधिकारकर्मी तथा अभियन्तासमेतले चौतर्फी आलोचना गरेपनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ । दक्षिण पूर्वी एसियाको सानो मुस्लिम...बाँकी अंश →

याङ्गुन, २० चैत म्यानमारको पश्चिमी राज्य रखाइनका पाँचवटा शहरमा मङ्गलबारदेखि रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) शुरु भएको छ । रखाइन राज्यबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद यु खिन माउङ लाटले रखाइनका याददाउङ, पोन्नाग्युन, क्याउक्ताउ, म्राउक यु र मिनप्यामा कफ्र्यु लगाइएको सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभयो । यो कफ्र्यु स्थानीय समयानुसार राति...बाँकी अंश →

काठमाडौँ, २० चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित विकासका लागि तीनै तहका सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठक उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले विकासका लागि दलहरुबीच समझदारी र एकता आवश्यकतामा जोड दिनुभयो । \“जनताले बहुमत दिएर बनाएको सरकार छ, यसले विकासमा...बाँकी अंश →

सियोल, २० चैत ,, दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: