०७ चैत २०८२

मुख्य खबर

पूर्वी अफगानिस्तानमा आक्रमण, एक प्रहरीको मृत्यु

जलालाबाद, २५ चैत ,,  अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा...बाँकी अंश →


बालश्रमिक नभएका घरमा हरियो झण्डा

डोटी, २५ चैत ,, जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन । दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने...बाँकी अंश →


सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

विराटनगर, २५ चैत ,, प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

भरतपुर, २५ चैत ,, चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना२०प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल...बाँकी अंश →


गाउँमा युवाशक्ति पातलिँदै

रुकुम (पूर्व), २५ चैत ,, राहदानी बनाएर तेस्रो मुलुक जानेको सङ्ख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनाँै युवा विदेशिइरहेका छन् । जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा...बाँकी अंश →


मिथिलाञ्चलमा आजदेखि चैतीछठ शुरु

वीरगञ्ज, २५ चैत ,, मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ ।...बाँकी अंश →


भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

लहान, २५ चैत्र ,, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग...बाँकी अंश →


काठमाडौँलाई पूर्ण साक्षर बनाउन बसाइँसराई चुनौती

काठमाडौँ, २४ चैत ,, हालसम्म ४८ जिल्ला पूर्ण साक्षर घोषणा भइसके पनि देशको राजधानी काठमाडौँ यस अभियानमा पछाडि देखिएको छ । बसाइँसराइ, तथ्याङ्कीय अन्योल, शिक्षा सेवाका जनशक्ति र उचित समन्वयको अभावमा काठमाडौँ जिल्ला साक्षर घोषित नभएको हो । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा साक्षरता दर बढी हुने आम प्रवृत्ति देखिएको...बाँकी अंश →


प्रदेशसभा बैठक सम्पन्न

विराटनगर, २४ चैत ,, ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमो पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१) (ख) बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पेश...बाँकी अंश →


गुणस्तर चिन्ह लिने बढ्दै

काठमाडौँ, २४ चैत ,, आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर...बाँकी अंश →


नौमतीबाजा सहितको उद्यान निर्माण शुरु

कास्की, २४ चैत ,, विभिन्न उत्सव, चाडपर्व, शुभकार्य तथा सभासमारोहमा बजाइने नौमती बाजा प्रवद्र्धन गर्ने उद्देश्यले ती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गर्ने भएको छ । स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छ«े गाउँपालिका–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरेको समितिका अध्यक्ष सुनिल दाहालले बताउनुभयो । नेपाली...बाँकी अंश →


गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते

वासिङ्टन, २४ चैत ,, अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter