
लन्डन, २८ चैत ,, बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर...बाँकी अंश →

खार्तुम, २८ चैत ,, गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन...बाँकी अंश →

कुन्दुज, २८ चैत ,, उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान...बाँकी अंश →

जेरुसेलम, २८ चैत ,, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थाल्नुभएको छ । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो । प्रधानमन्त्री नेतान्याहु अब मुलुकको इतिहासमै पहिलो पटक पाँचौं कार्यकालका रुपमा...बाँकी अंश →

सिड्नी, २८ चैत ,, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नुभएको छ । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्षणहरुले देखाएका छन् । अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी...बाँकी अंश →

नयाँदिल्ली, २८ चैत ,, भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार हुनुहुन्छ । भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ । जनमत...बाँकी अंश →

पोखरा, २८ चैत ,, संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहमा प्रदान गरिएका अधिकारलाई उपयोग गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै कार्यविधि तयार गरी अपाङ्गता परिचयपत्र वितरण थालेको छ । गाउँपालिकाले आफ्नै अपाङ्ग परिचयपत्र वितरण कार्यविधि तयार गरी त्यसैका आधारमा परिचयपत्र वितरण गर्न शुरु गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।...बाँकी अंश →

लहान, २८ चैत,, चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो । टाउकोमा चिर्पट प्रहार...बाँकी अंश →

तम्घास, २८ चैत ,, गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् । धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । ६५ वर्षीय...बाँकी अंश →

बझाङ, २८ चैत ,,खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उहाँले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भन्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि उहाँले दाँत हाल्नसक्नु भएन...बाँकी अंश →

बर्दिवास, २८ चैत ,, महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र...बाँकी अंश →

वालिङ, २८ चैत ,, हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: