०७ चैत २०८२

मुख्य खबर

क्यासिनोको रु २८ करोड बक्यौता

काठमाडौँ, ३ वैशाख,, मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ । क्यासिनो ह्याप्पीआवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट रु १४...बाँकी अंश →


गोरखामा ४.५ रिक्टरको परकम्प

काठमाडौँ, ३ वैशाख ,, गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४.५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ को (७.६ रिक्टर स्केल) को...बाँकी अंश →


बाढीमा परी पाँचको मृृत्यु, सत्र बेपत्ता

हेरात, अफगानिस्तान ः ३ बैशाख,, अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना बेपत्ता भएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको यस भीषण बाढीमा परी...बाँकी अंश →


बाल बचत गर्दै राउटे बालबालिका

परशुरामधाम, ३ वैशाख ,, डडेल्धुराको परशुराम नगरपालिकामा रहेको राउटे समुदायका बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंँगै जङ्गली खाद्यवस्तु र जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेको आर्थिक विकासका लागि नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्तामध्ये केही यहाँस्थित सबैभन्दा ठूलो ‘शीर्ष...बाँकी अंश →


विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि

जेनेभा, ३ बैशाख ,, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि...बाँकी अंश →


नेपालले ओमनलाई हरायो

  काठमाडौँ, ३ वैशाख .,, आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना...बाँकी अंश →


नौ महीनामा २५ लाख राजश्व सङ्कलन

छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन...बाँकी अंश →


उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख ,,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव...बाँकी अंश →


नेपालले मलेसियालाई २३० रनको चुनौती दियो

काठडमाडौँ, ३ वैशाख,,उन्नाइस वर्षमुनिको आइसिसी (यु १९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९...बाँकी अंश →


चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

काठमाडौँ, ३ वैशाख ,,गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो । उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न...बाँकी अंश →


करेन्ट लागेर एकको मृत्यु

चितवन, ३ वैशाख,,भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै...बाँकी अंश →


उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

काबुल, ३ बैशाख ,,अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter